पूर्वमा जाजरकोट, पश्चिममा अछाम, उत्तरमा कालिकोट तथा दक्षिणमा सुर्खेत जिल्लाले घेरेको यो जिल्ला २८०३५। देखि २९०८। उत्तरी अक्ष्ाांश तथा ८१०२५। देखि ८१०५३। पूर्वी देशान्तरमा पर्दछ । समुन्द्री सतहदेखि न्यूनतम उचार्इ ५४४ मिटर(तल्लो डुङ्गेश्वर) र अधिकतम उचार्इ ४१६८ मिटर (महाबु लेक) रहेको यस जिल्लाको आैसत उचार्इ १४४८ मिटर(दैलेख बजार) रहेको छ । जिल्लाको धरातल पहाडी ८० प्रतिशत र उच्चपहाडी २० प्रतिशत छ ।
दैलेख जिल्लाको शैक्षिक क्षेत्र विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा योजना र कार्यक्रमहरूलाई जिल्लाभरी प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा जिल्ला शिक्षा कार्यालयले अहम् भूमिका खेलिहरहेको छ । जिल्लालार्इ राजनैतिक रुपमा २ निर्वाचनक्षेत्र र ११ इलाकामा विभाजन गरिएको छ । जिल्लाको सदरमुकाम दैलेख बजार हो । जिल्लामा ५ वटा निरीक्षण क्षेत्र र कुल १२ वटा श्रोतकेन्द्र तथा २ नगरपालिका र ४९ वटा गाविसमा जम्मा सामुदायिक ४९४ र संस्थागत ३६ गरी जम्मा ५२० विद्यालयहरु रहेका छन् । समुदायमा आधारित १०० र विद्यालयमा
थप हेर्नुहोस